बुधबार, वैशाख १०, २०८२

कालीगण्डकी कोरिडोरः ९ किलोमिटर कालोपत्रे

 |  शुक्रबार, चैत ८, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत ८, २०८१

vianetvianet
triton college
National life insurance

म्याग्दी- बेनी–जोमसोम–कोरला सडकअन्तर्गत नौ किलोमिटर भुरुङ–तातोपानी–घाँसा खण्ड कालोपत्रे भएको छ।

आर्थिक वर्ष २०७३/७४ मा सुरु भएको सडक स्तरोन्नति सम्पन्न हुने चरणमा पुगेको छ। अन्नपूर्ण गाउँपालिका–३ का वडाध्यक्ष रमेश पुर्जाले अन्नपूर्ण गाउँपालिका–२ तातोपानीस्थित नागढुङ्गादेखि मुस्ताङको थासाङ गाउँपालिका–४ घाँसाको कैह्कुखोलासम्म पहिरो र कटानको जोखिम भएको बाहेकका ठाउँमा ढलानसँगै कालोपत्र भएको छ', उनले भने।

विसं २०६४ मा खुलेको यो सडकलाई ११ मिटर फराकिलो बनाएर कुना र डिलतर्फ टेवा पर्खाल, पानीको निकासका निम्ति नाली निर्माण, ग्रेड तथा मोड सुधार गरिएको छ।

प्रकाशित: Mar 21, 2025| 10:36 शुक्रबार, चैत ८, २०८१
प्रतिक्रिया दिनुहोस्