बुधबार, साउन १३, २०८३

बढ्‍यो चाकुको चटारो (फोटो फिचर)

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- माघे संक्रान्ति। माघी पर्व। मकर स्नान। एउटै पर्व भए पनि ठाउँ विशेषमा फरक फरक तरिकाले मनाइन्छ माघे संक्रान्ति। 

यस अवसरमा विभिन्न परिकार खाने चलन छ। चाकु, तरुल, घिउ देशमा धेरै ठाउँमा खाने गरिन्छ यो पर्वमा । अहिले उपत्यकाका विभिन्न ठाउँमा चाकु बनाउन चटारो बढेको छ। पर्वका अवसरमा व्यापार पनि फस्टाएकै छ।

माघेसंक्रान्ति नजिकिँदै जाँदा सामाखुशीमा रहेको टोखा चाखु उद्योगका कामदारहरुलाई भ्याइनभ्याई छ। सादा चाकु बाहेक खुवा चाकु, स्पेसल चाकु (बदाम, किसमिस लगायत मसला हालेर बनाइएको), सुत्केरी चाकु (सुत्केरी महिलालाई पौष्टिक तत्व हुने गरी बनाइएको) लगायत चाकुहरु बनाइन्छ

पुस-माघको जाडो मौसममा शरीरलाई न्यानो राख्ने, शरीरलाई आवश्यक पर्ने पौष्टिक तत्व प्राप्त हुने र रोग प्रतिरोधात्मक क्षमता बढाउने भएकाले चाकु सेवन गर्ने पराम्परा छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।