मंगलबार, पुस ८, २०८२

महायज्ञका नाममा घर भत्काएको विषयमा आयोगले थाल्यो अनुसन्धान

 |  बिहीबार, चैत ७, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ७, २०८१

सिरहाको औरही गाउँपालिका-५ मा महायज्ञका नाममा दलितको घर भत्काइएको घटनाको मानव अधिकार आयोगले अनुसन्धान थालेको छ।

National life

आयोगको जनकपुरस्थित मधेश प्रदेश कार्यालयले घटनाको अनुसन्धान थालेको हो।

आयोगले बिहीबार विज्ञप्ति जारी गर्दै घटनाको अनुगमन तथा अनुसन्धानका लागि टोली घटनास्थल गएको जनाएको छ। यसैगरी, आयोगले घटनाका विषयमा आवश्यक जानकारी प्राप्तिका लागि जिल्ला प्रहरी कार्यालय, सिरहा र औरही गाउँपालिकाको कार्यालयलाई पत्राचार गरेको छ।

यस विषयमा संसद्‍मा समेत चर्को रुपमा आवाज उठिरहेको छ।

प्रकाशित: Mar 20, 2025| 18:12 बिहीबार, चैत ७, २०८१
प्रतिक्रिया दिनुहोस्