बिहीबार, कात्तिक २०, २०८२

स्वास्थ्य मन्त्रालयले माग्यो बजेटका लागि सुझाव

 |  बिहीबार, चैत ७, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ७, २०८१

काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आगामी आर्थिक वर्षको बजेटका लागि सुझाव दिन सार्वजनिक अनुरोध गरेको छ। 

Kumaribank

आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माणको तयारीमा रहेको मन्त्रालयले सरोकार भएका सबैलाई सुझाव दिन आज एक सूचनामार्फत आह्वान गरेको हो।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले बजेट तर्जुमा गर्दा सरोकार भएका  सबै क्षेत्रबाट सुझाव संकलन गर्ने निर्देशन दिएका छन्। मन्त्रालयका स्वास्थ्यसम्बन्धी कार्यक्रममा सुझाव दिन सकिने छ।

उक्त मन्त्रालयले बजेट ‘सिलिङ’का आधारमा प्राथमिकताका क्षेत्र निर्धारण गर्न सरोकार भएकाहरुसँग विगत केही दिन यता निरन्तर छलफल गर्दै आएको छ। 

प्रकाशित: Mar 20, 2025| 17:31 बिहीबार, चैत ७, २०८१
प्रतिक्रिया दिनुहोस्