मंगलबार, साउन १९, २०८३

भूकम्पपीडितले पाए घर पुनर्निर्माणका लागि दोस्रो किस्ता

 |  बिहीबार, चैत ७, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ७, २०८१

बाजुरा- जिल्ला विपद् व्यवस्थापन समितिले भूकम्पपीडितको आवास निर्माणका लागि दोस्रो किस्ता पालिकालाई हस्तान्तरण गर्ने भएको छ।

प्रमुख जिल्ला अधिकारी तथा विपद् व्यवस्थापन समितिका अध्यक्ष मेघनाथ पाध्याका अनुसार गृहमन्त्रालयबाट आएको रकम पालिकालाई वितरण गर्ने निर्णय गरिएको जानकारी दिए। 

उनका अनुसार उक्त रकम एक हजार चार सय ७३ जना भूकम्पपीडितलाई प्रदान गरिनेछ। जिल्लाका नौ पालिकामध्ये हिमाली र जगन्ना गाउँपालिकाको भूकम्प प्रभावितको तथ्यांक अद्यावधिक नभएकाले उक्त पालिकाका प्रभावितहरुका लागि भने रकम नआएको उनले बताए।

त्रिवेणी नगरपालिकामा २८ लाख २५ हजार, बुढीगंगा गाउँपालिकालाई ८६ लाख र बुढीनन्दा नगरपालिकालाई १३ लाख ५० रकम हस्तान्तरण गरिएको हो।

साथै गौमूल गाउँपालिकामा १३ लाख ७५ हजार, खप्तड छेडेदहमा दुई करोड २४ लाख ७५ हजार र स्वामीकार्तिक खापर गाउँपालिकालाई दुई लाख २५ हजार गरी कुल तीन करोड ६८ लाख २५ हजार रकम जिल्लामा आएको छ। 

मनसुनजन्य विपद्का प्रभावितका लागि पनि रकम आइसकेको उनले बताए। मनसुनजन्य विपद्बाट बुढीगंगा गाउँपालिका, त्रिवेणी नगरपालिका, गौमूल गाउँपालिकालगायतका पालिकामा उक्त रकम पठाउने तयारी भएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ। रासस

प्रकाशित: Mar 20, 2025| 18:01 बिहीबार, चैत ७, २०८१
प्रतिक्रिया दिनुहोस्