धनगढी- कैलाली उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ। अहिले विहान साढे बजेबाट मतदान सुरु भएको छ भने साझ ४ बजेसम्म मतदान गर्न हुने छ।
मतदान सुरु भएपनि अहिले केही मतदाता मात्रै मतदान स्थल कैलाली उद्योग वाणिज्यस संघमा उपस्थित छन। निर्वाचनका लागि चार मतदान केन्द्र बनाईएको छ भने एउटा मतदान केन्द्रबाट एकैपटक चार मतदाताले मतदान गर्न पाउनेछन।
जस अनुसार पहिलो मतदान केन्द्र ‘क’ मा मतदाता सख्या एक देखि ६ सय ५४ र ‘ख’ मतदान केन्द्रमा ६ सय ५५ देखि १ हजार ३ सय ७० सम्मका मतदाताले मतदान गर्नुपर्ने छ।
त्यस्तै, ‘ग’ मतदान केन्द्रमा १ हजार ३ सय ७१ देखि १ हजार ९ सय ६१ तथा ‘घ’ मतदान केन्द्रमा १ हजार ९ सय ६२ देखि २ हजार ७ सय ४ सम्मका मतदातालाई मतदान गर्ने व्यवस्था गरिएको छ।
मुख्य सात पदाधिकारी र ११ जना सदस्य गरि १८ जनाको कार्य समितिका लागि हुने निर्वाचनमा ५० जनाको उम्मेद्वारी परेको छ। संघका वर्तमान महासचिव रुपेश स्वार, कोषाध्यक्ष पुष्पराज कुवर र सदस्य डिल्लिराज अवस्थी प्यानल सहित चुनावी मैदानमा छन।
यसअघि बैशाख २२ गतेका लागि तोकिएको निर्वाचन सदस्यता विवाद सम्बन्धि मुद्धा परेपछि स्थगित भएका थियो। त्यसपछि सदस्यता छानविनपछि चुनाव हुन लागेको हो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४