बिहीबार, साउन २१, २०८३

'साँझमा लोडसेडिङ हुने अवस्था छ'

 |  बुधबार, चैत ६, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, चैत ६, २०८१

काठमाडौं- ऊर्जामन्त्री दीपक खड्काले साँझको समयमा लोडसेडिङ हुने अवस्था अहिले पनि रहेको बताएका छन्।

अहिले पनि ८२५ मेगावाट विद्युत आयात गरेर नेपालको आपूर्ति धानिरहहेको उल्लेख गर्दै ऊर्जामन्त्री खड्काले भारतबाट आयातित विद्युतका कारण लोडसेडिङ हटेजस्तो भएको जिकिर बुधबार राष्ट्रिय सभामा गरेका हुन्।

‘हिजो पनि लोडसेडिङ थियो, आज पनि छ। हिजो पनि उद्योगधन्दातिर बत्ती कटौती गरेर घरतिर दिने काम गरिएको थियो, आज पनि त्यही छ। अहिले पनि ८२५ मेगावाट विद्युत भारतबाट आयात भइरहेको छ,’ मन्त्री खड्काले राष्ट्रिय सभामा सांसद्हरूका प्रश्नको जवाफ दिँदै भने, ‘हामीसँग पुगनपुग १ हजार मेगावाट विद्युत छ। अब साँझको समय घरमै पनि लोडसेडिङ हुने अवस्था छ। निजी क्षेत्र र भारतबाट आयात गरेको विद्युतले गर्दा लोडसेडिङ हटेजस्तो अनुभुति भएको छ।’उनले उज्यालो नेपालको नायक कुलमान घिसिङ नभएको पनि जिकिर गरे।

उनले उद्योगको लाइन काटेर घरमा विद्युत दिएपछि कुलमानले लोडसेडिङ अन्त्य भएको हल्ला फैलाएको आरोप लगाए।

‘सरकारको शतप्रतिशत लगानी रहेको विद्युत प्राधिकरणले ७०० मेगावाट मात्रै उत्पादन गरेको छ। २८०० मेगावाट विद्युत निजी क्षेत्रले उत्पादन गरेको छ, उज्यालोको नायक उहाँ होइन है। बरु यो धन्यावाद भारतलाई दिउँ, निजी क्षेत्रलाई दिउँ,’ उनले भने।

प्रकाशित: Mar 19, 2025| 19:15 बुधबार, चैत ६, २०८१
प्रतिक्रिया दिनुहोस्