आइतबार, चैत २९, २०८२

चैत २४ गते सार्वजनिक बिदा

 |  बुधबार, चैत ६, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, चैत ६, २०८१

काठमाडौं- सरकारले यही चैत २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको हो।

National life

बैठकले नेपालको संविधानको धारा ५३ एवं सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन २०६४ को दफा ४१ बमोजिम सरकारको आर्थिक वर्ष २०८-/८१ को वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गने निर्णय गरेको छ।

त्यस्तै, विश्व बैंकमार्फत विद्यालय क्षेत्र सुधार कार्यक्रमको लागि प्राप्त हुने अनुदान सहायता प्राप्त गर्ने सम्बन्धमा वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। बैठकले ऋण असुली न्यायधिकरणको बैंकिङ सदस्य पदमा नरेशराज अर्याललाई नियुक्त गरेको छ।

त्यस्तै, राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुख पदमा दिनेशप्रसाद भट्ट नियुक्त भएका छन्।

यी हुन् निर्णय

kumari

प्रकाशित: Mar 19, 2025| 12:57 बुधबार, चैत ६, २०८१
प्रतिक्रिया दिनुहोस्