मंगलबार, पुस ८, २०८२

दुर्गेशले एसईई अवधिभर कुनै कार्यक्रम नगर्ने

 |  बुधबार, चैत ६, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, चैत ६, २०८१

काठमाडौं- गायक दुर्गेश थापाले एसईई परीक्षा अवधिभर कुनै पनि कार्यक्रम नगर्ने घोषणा गरेका छन्। एसईई परीक्षा विद्यार्थीको महत्त्वपूर्ण समय भएकोले यस अवधिभर आफूले कुनै पनि कार्यक्रम नगर्ने उनले विज्ञप्तिमार्फत घोषणा गरेका हुन्।

National life

उनले भनेका छन्, 'एसईईको परीक्षाको शुभकामना। यस अवधिभर कुनै पनि कार्यक्रम नगर्ने घोषणा गर्दछु।'

'शिक्षा जीवनको सबैभन्दा मूल्यवान् ‘सम्पत्ति’ हो। यतिबेला प्रिय भाइबहिनीहरू आफ्नो मिहिनेत, परिश्रम र सपनाले उज्ज्वल भविष्यको बाटो कोर्दै हुनुहुन्छ। सबैजनालाई सफलताको धेरै शुभकामना। हजुरहरूको सफलता नै मेरो सफलता हो’, उनले अगाडि भनेका छन्, ‘म जुनसुकै स्थानमा भएपनि, जति नै ठूलो मञ्चमा उभिए पनि, मेरो वास्तविक शक्ति मेरा दर्शक श्रोताको माया र विश्वास हो। मलाई फेरि कमब्याक गराउने, माया गर्ने, मसँगै हिँड्ने मेरा भगवानरूपी फ्यानहरू हुनुहुन्छ। हजुरहरूको हौसला, ऊर्जा अनि साथले नै मलाई यो उचाइमा पुर्‍याएको हो। त्यसैले, जब हजुरहरूका लागि महत्त्वपूर्ण समय आउँछ, मेरो जिम्मेवारी पनि त्यति नै ठूलो हुन्छ।'

'केवल मनोरञ्जनमा मात्र होइन, उज्ज्वल भविष्यका लागि पनि म सधैं हजुरहरूकै साथमा हुनेछु। यतिबेला मलाई धेरै मेला, महोत्सव तथा इभेन्टबाट कार्यक्रमका लागि कल आइरहेको छ। म कार्यक्रम गर्दै हिँडे भने त्यसले पढाइलाई डिस्टर्ब गर्छ। ध्यान भंग गर्न सक्छ अनि भविष्यमा असर गर्न सक्छ।'

पछिल्लो समय दुर्गेश मेला महोत्सव तताउने गायक बनेका छन्। उनी दिनमै तीन वटासम्म कार्यक्रममा गाइरहेका छन्। युवा वर्गमा उनीप्रतिको क्रेज लोभलाग्दो छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Mar 19, 2025| 12:29 बुधबार, चैत ६, २०८१
प्रतिक्रिया दिनुहोस्