डोटी- मंसिर ६ गते डडेल्धुराबाट डोटी जाँदै गरेको स्कुल बस दुर्घटनामा परी गम्भीर घाइते हुन पुगी लामो समय सम्म काडमाडौंमा उपचारत घाइतेलाई नेपाली कांग्रेस डोटी काडमाडौं समपर्क समितीले नगद रकम हस्तानतरण गरेकोछ ।
डोटीको राजपुरमा अवस्थित सुजङ बोर्डिङ्ग स्कुलले संकलन गरेको रकम नेपाली कांग्रेस डोटी काडमाडौं समपर्क समितीका सभापति दीर्घ बहादुर बलायरले हस्तान्तरण गरेका हुन् । समपर्क समितीका सभापति बलायरले उपचार गरिरहेको अस्पतालमै पुगेर घाइलेहरुलाई रकम हस्तान्तरण गरेका हुन् ।
सुजङका निर्देशक नरेश बलायरले राकम संकलन गरी समितिका सभापति बलायरलाई हस्तान्तरण गरेका थिए । उनले ट्रमा सेन्टरमा उपचार गरि रहेकी राधिका धामी, स्पाइनल अस्पताल साँघामा उपचारत महादेव रावत र मिना भुल तथा लोकेनद्र महरालाई समग्रहमा ३० हजार नगद हस्तान्तरण गरेका हुन् ।
राधिकाले खाँखा देखे पनि अहिले सम्म बोल्न नसकेको र ठिक हुन अझै डेढ महिना भन्दा बढी लाग्ने समपर्क समितीका सभापति बलायरले जानकारी दिए । ‘डाक्टरको सल्लाह अनुसार राधिकालाई ठिक हुन डेढ महिना लाग्नेछ ।’
समपर्क समितीका सभापति बलायरले भने, ‘यता महादेव र मिनाको अवस्था पनि उस्तैछ । मेरुडण्डको अपरेशन गरेका द्वोयको मेरुडण्डमा घाउ परेकाले अझै समस्या भईरहेको छ ।’
शिखर नगरपालिका ८, डोटीका १८ बर्षिय महादेवको बस दुर्घटनामा परि टाउकोमा चोट, दायाँ हात र शरीरको मेरुदण्ड भाच्चिएको थियो । उनका आमा र बुवा दुबै छैनन् । लोकेन्दको खुट्टा र गलाको अपरेसन गरिएको छ ।
गला र खुट्टामा रड राखिएका उनी डाक्टरको सल्लाह अनुसार चेकअपमा आइरहनु पर्ने भएकाले काडमाडौं लामो समय बस्नु पर्ने भएको बताए । सोहि कारण घाइतेलाई उपचारका लागि सहयोग गर्न चाहनेहरुले नेपाली कांग्रेस डोटी काडमाडौं समपर्क समितीसँग सम्पर्क राख्न समितिका सभापति बलायरले आग्रह गरेका छन् ।



प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४