बुधबार, असार ३, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • ट्रम्प र पुटिनबीच डेढ घण्टा फोन वार्ता, रोकिएला रुस-युक्रेन युद्ध ?

ट्रम्प र पुटिनबीच डेढ घण्टा फोन वार्ता, रोकिएला रुस-युक्रेन युद्ध ?

 |  बुधबार, चैत ६, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, चैत ६, २०८१

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच मंगलबार डेढ घण्टा फोन वार्ता भएको छ। दुई नेताबीच युक्रेनमा जारी लडाइँ रोक्ने विषयमा कुराकानी भएको हो।

National life

अमेरिकी राष्ट्रपति कार्यालय ने यसको पुष्टि गरेको छ। व्हाइट हाउसका अधिकारीहरुले बीबीसीलाई बताएअनुसार दुई नेताबीच कम्तीमा ९० मिनेट बातचीत भएको छ।

दुवै पक्षले वासिङ्‍टन र मस्कोबीच भएका हालैका वार्ताबारे आशावादी धारणा व्यक्त गरेका छन्। तर, ३० दिने युद्धविरामको सबैभन्दा कठिन बुँदाहरू समाधान गर्न उच्चस्तरीय वार्ता मात्र सक्षम हुने कुरामा सहमत भएका छन्। युक्रेनले युद्धविरामका लागि सहमति जनाइसकेको छ। 

ट्रम्पले वार्ताअघि आफ्नो ट्रुथ सोसल नेटवर्कमा राष्ट्रपति पुटिनसँगको वार्ताका लागि निकै उत्सुक भएको बताएका थिए। पुटिनले गत हप्ता युद्धविरामको विचारसँग आफू सहमत भएको तर यसलाई कसरी कार्यान्वयन गर्ने भन्ने विषयमा आफूसँग ‘गम्भीर प्रश्नहरू’ रहेको बताएका थिए। 

ट्रम्पले आइतबार उनी र पुटिनले ‘केही सम्पत्ति विभाजन गर्ने, यसमा जमिन र विद्युत संयन्त्रहरू समावेश रहेको’ बताएका थिए। विद्युत् संयन्त्र भनेर दक्षिण युक्रेनमा रहेको युरोपकै सबैभन्दा ठूलो जापोरिझ्झिया आणविक संयन्त्रबारे भनिएको हो कि भन्ने केहीले आशंका गरेका छन्। हाल यो रुसी नियन्त्रित भागमा छ। 

Shivam cement

प्रकाशित: Mar 19, 2025| 10:11 बुधबार, चैत ६, २०८१
प्रतिक्रिया दिनुहोस्