बुधबार, असार ३, २०८३

जाजरकोटमा बाख्रा चराउने क्रममा लडेर एक जनाको मृत्यु

 |  बुधबार, चैत ६, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, चैत ६, २०८१
National life
Shivam cement

सुर्खेत- जाजरकोटको बारेकोट गाउँपालिका–३ पछ्याउरीका ५९ वर्षीय खडक डाँगीको बाख्रा चराउने क्रममा लडेर मृत्यु भएको छ। घर नजिकैको जङ्गलमा बाख्रा चराउने क्रममा मङ्गलबार उनी लडेर घाइते भएका थिए।

घाइते भएका डाँगीलाई उपचारका लागि आधारभूत अस्पताल लिम्सा ल्याउँदै गर्दा आज बिहान बाटोमै मृत्यु भएको बारेकोट गाउँपालिका–३ का वडाध्यक्ष रामबहादुर सिंहले जानकारी दिए।

प्रकाशित: Mar 19, 2025| 09:16 बुधबार, चैत ६, २०८१
प्रतिक्रिया दिनुहोस्