बुधबार, असार ३, २०८३

जसले डेढ वर्षको ठेक्का ११ महिनामै सके

 |  मंगलबार, चैत ५, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ५, २०८१

ठेक्का सम्झौतामा उल्लेख भएको समय सकिन सात महिना बाँकी छँदै मोटरेबल पुल निर्माण गरेका एक निर्माण व्यवसायी सम्मानित भएका छन्। 

National life

गोरखाको पालुङ्टार नगरपालिका-९ ढुंगेटारीस्थित खारखोला पुल निर्माण गरेका निर्माण व्यवसायी मिलन खड्कालाई पूर्वाधार विकास कार्यालय गोरखाले सम्मान गरेको हो।

मंगलबार आयोजित पुल उद्घाटन कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले निर्माण व्यवसायी खड्कालाई सम्मान गरे। मुख्यमन्त्री पाण्डेले प्रशंसापत्र सहित खड्कालाई सम्मान गरेका हुन्।

निर्माण व्यवसायी खड्कालाई सम्मान गर्दै मुख्यमन्त्री पाण्डेले राम्रो काम गर्नेहरू सम्मानित र नराम्रो काम गर्नेहरू दण्डित हुनुपर्ने उल्लेख गरे। उनले समयभित्रै निर्माण पूरा भएका परियोजनामा प्रदेश सरकारले बजेट अभाव हुन नदिने बताए। ठूला विकास योजनामा निर्माण कम्पनी कस्तो छ, व्यवसायी कस्तो पर्छ र काम कसरी हुन्छ भन्ने विषयले ठूलो प्रभाव पार्ने मुख्यमन्त्री पाण्डेको भनाइ छ। 

श्रीगणेश अमृत जेभी कम्पनीले ठेक्का सम्झौतामा उल्लेख भएको समय समाप्त हुन सात महिना बाँकी छँदै सो पुलको निर्माण कार्य सम्पन्न गरेको थियो। १८ महिनाभित्र सम्पन्न गर्नेगरी गत वर्ष चैतमा ठेक्का सम्झौता गरेको कम्पनीले गत फागुनमा निर्माण सम्पन्न गरेको हो। 

Shivam cement

फागुन पहिलो हप्ताभित्र पुल निर्माणको काम सम्पन्न भएको हो। सो पुल निर्माणको काम गत वैशाख ५ गतेदेखि आरम्भ भएको थियो।

२५ मिटर लामो र ८.४ मिटर चौडाइ रहेको ढुंगेटारीस्थित खारखोला पुलको लागत दुई करोड ७५ लाख रहेको छ। प्रदेश सरकारको सहयोगमा पुल निर्माण भएको हो। पुल बनेपछि जिल्ला सदरमुकाम जाने पालुङटार नगरपालिका वडा नं. ६, ९ र १० का सयौं घरधुरीका बासिन्दा लाभान्वित हुनेछन्।

प्रकाशित: Mar 18, 2025| 21:00 मंगलबार, चैत ५, २०८१
प्रतिक्रिया दिनुहोस्