ललितपुरस्थित पाटन संयुक्त क्याम्पसमा नेविसंघ र अनेरास्ववियुका विद्यार्थीहरूबीच कुटाकुट भएको छ।
स्ववियु निर्वाचनमा फर्जी मत खसेको भन्दै एमालेनिकट अनेरास्ववियुले मतदान रोकेपछि झडप भएको हो। नेविसंघ र अनेरास्ववियुका नेताबीच कुटाकुट हुँदा केही घाइते भएका प्रहरीले जनाएको छ।
विवाद समाधान गर्न सर्वपक्षीय बैठक बसिरहेका बेला बाहिर नेविसंघ र अनेरास्ववियुका कार्यकर्ताबिच कुटाकुट भएको हो।
झडपपछि त्यहाँ मतदान स्थगित भएको छ।