बुधबार, साउन १३, २०८३

जीवन र प्रशान्त प्रदेश स्तरिय बक्सिङमा छनोट

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
धनगढी- वीर गणेशमान सिंह राष्ट्रिय खुला बक्सिङ प्रतियोगिताका लागि प्रदेश ६ बाट रुकुमका जीवन पुन मगर र जुम्लाका प्रशान्त लामा शुक्रबार छनोट भएका छन् ।

धनगढीमा भइरहेको छनोटअन्तर्गत पुरुष ५२ केजीमा जीवनले सुर्खेतका समुद्र बस्नेत तथा ५६ केजीमा प्रशान्तले सुर्खेतका प्रकाश तारुङ मगरलाई फाइनलमा पराजित गरे । गणेशमान सिंह फाउन्डेसनको आयोजनामा भइरहेको छनोटको प्रदेश ७ तर्फ महिला ४८ केजीमा कैलालीकी ज्योति चौधरी महिला ५४ केजीमा कञ्चनपुरकी निर्मला केसीले फाइनल यात्रा तय गरे । 

पुरुष ४९ केजीमा कैलालीका प्रकाश विष्ट र कञ्चनपुरका भानु विष्ट, ५२ केजीमा कैलालीका सागर मल्ल र बझाङका निर्मल सुवेदी, ५६ केजीमा कञ्चनपुरका महेन्द्र चन्द र कैलालीका आशिष विष्ट फाइनल प्रवेश गरेका छन् । 

त्यस्तै ६० केजीमा कञ्चनपुरका रामबहादुर थापा, ६४ केजीमा कैलालीका विक्रम चौधरी, ६९ केजीमा कैलालीका सम्राट चौधरी तथा ७५ केजीमा कञ्चनपुरका सुरेश सिंह र डडेल्धुराका वीरेन्द्र शाही फाइनलमा पुगे । 

प्रदेश ५ को महिला ४८ केजीमा दाङकी जानकी थापा मगरले बाँकेकी रिता धराललाई हराउदै फाइनलमा स्थान सुरक्षित गरिन् । पुरुष ४९ केजीमा प्युठानका सुरज ओली, ५२ केजीमा रोल्पाका समिर चौधरी र पूर्व रुकुमका प्रशान्त झात्री मगर, ५६ केजीमा रोल्पाका रामप्रसाद पुन मगर र बाँकेका नवीन घर्तीले फाइनमा स्थान पक्का गरेक छन् । 

६४ केजीमा रुपन्देहीका यादव थापा र बाँकेका विशाल रेग्मी, ६९ केजीमा दाङका विकास राना र बाँकेका यमराज चौलागाईं तथा ७५ केजीमा दाङका गणेश विक फाइनलमा पुगे । छनोट शनिबार सम्पन्न हुनेछ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।