मंगलबार, पुस ८, २०८२

जब गाडीको फल्स बटममा २५ करोड नगद भेटियो

 |  मंगलबार, चैत ५, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ५, २०८१

काठमाडौं- काठमाडौंको टोखास्थित झोरबाट करिब २५ करोड नेपाली रुपैयाँबराबरको विदेशी मुद्रासहित एक जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ।

National life

प्रहरीले आज पत्रकार सम्मेलन गरी घटनाबारे सार्वजनिक गरेको हो। हिजो राति काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले झोरबाट ना ७ ख १६५२ नम्बरको ट्रकबाट २५ करोडबराबर नगद रकमसहित एक जनालाई पक्राउ गरेको थियो।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-१ का कुशाङ लामा रहेका छन्। उनी पहिले पनि सुन तस्करीको मुद्दामा पाँच वर्ष जेल बसेका प्रहरीले जनाएको छ। उनले त्यतिबेला ५ वर्ष कैद भुक्तान गरेर छुटेका थिए। उनलाई महाशाखाले नै पक्राउ गरेको थियो।

प्रहरीका अनुसार उनले केरूङबाट दुई जनाले उक्त परिमाणको रकम केरूङसम्म ल्याउन भनेको बयान दिएका छन्। उक्त सूचना पाएपछि प्रहरीले अपरेसन सुरू गरेको थियो।

झोरमा गाडी चेक गर्दा ठूलो परिमाणमा प्रहरीले रकम बरामद गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले जानकारी दिए। उनीबाट प्रहरीले युरो र अमेरिकी डलर बरामद गरेको हो।

Laxmi sunrise bank
kumari

गाडीको क्याबिनमा फल्स बटम बनाएर लामाले त्यसमा पैसा लुकाएर लैजाँदै गरेका थिए। ट्रकको पछाडि भने खाली नै थियो। प्रहरीले थप अनुसन्धानका लागि उनलाई राजस्व अनुसन्धान विभाग पठाइने जनाएको छ।

लामा भरियाको रूपमा चालक भएर काम गरिरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। अमेरिकी डलर ३ हजार ११९ ५० दरको १७९, ८ लाख यूरो ५८ हजार ८सय ५० रूपैयाँ बढी रहेको छ। अनुसन्धान अधिकृतहरुका अनुसार लामा राजश्व छलि तथा सुन चोरी पैठारी अभियोगमा पक्राउ परेका हुन्। उनी भरियाको रुपमा मात्रै रहेको अनुसन्धानबाट खुलेको छ।

 

प्रकाशित: Mar 18, 2025| 14:16 मंगलबार, चैत ५, २०८१
प्रतिक्रिया दिनुहोस्