बुधबार, असार ३, २०८३

गाजामा इजरायलको भीषण आक्रमण, ३३० जना मारिए

 |  मंगलबार, चैत ५, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ५, २०८१

इजरायलले गाजामा फेरि भीषण आक्रमण गरेको छ। युद्धविराम लम्ब्याउने प्रयास असफल भएसँगै इजरायलले हवाई आक्रमण थालेको हो।

National life

पछिल्लो आक्रमणबाट गाजामा एकै रातमा करिब ३३० जना मारिएको हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले जनाएको छ। यीमध्ये ५० बालबालिका र २८ जना महिला पनि छन्। दर्जनौं घाइतेको अवस्था गम्भीर रहेको बताइएको छ।

इजरायलका रक्षामन्त्री इजरायल काट्जले सबै बन्धकलाई रिहा नगरेसम्म लडाइँ जारी रहने बताएका छन्। यसैगरी इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजा युद्धको मुख्य उद्देश्य हमासको सैन्य शक्ति नष्ट गरेर बन्धक फिर्ता ल्याउनु रहेको बताएका थिए।

इजरायलले गत जनवरी १९ यताकै भीषण आक्रमण गरेको हो। इजरायलका प्रधानमन्त्री नेतान्याहुको कार्यालयले हमासले निरन्त रूपमा बन्धक रिहा गर्न र युद्धविराम लम्ब्याउने प्रस्ताव अस्वीकार गरेपछि आक्रमण थालेको प्रतिक्रिया दिएको छ।

हमासले पनि इजरायलले युद्धविराम उल्लंघन गरेको आरोप लगाएको छ। सर्वसाधारणमाथि आक्रमण गरिरहेको इजरायललाई मध्यस्थकर्ताले रोक्नुपर्ने हमासको माग छ।

Shivam cement

प्रकाशित: Mar 18, 2025| 13:06 मंगलबार, चैत ५, २०८१
प्रतिक्रिया दिनुहोस्