बुधबार, असार ३, २०८३

मामाघर गएका युवक जंगलमा मृत फेला

 |  मंगलबार, चैत ५, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ५, २०८१

बाँकेका एक युवक रोल्पामा मृत फेला परेका छन्। नेपालगञ्ज घर भई रोल्पास्थित मामाघर गएका २३ वर्षीय उमेश बुढामगर रोल्पाको जंगलमा मृत फेला परेका हुन्।

National life

रोल्पा प्रहरीका अनुसार मगर रोल्पा नगरपालिका–९ हानवाङस्थित सालघारी सामुदायिक वनमा सोमबार मृत फेला परेका हुन्।

मगर करिब १२ दिनअघि मामाघर गएका थिए। उनी रोल्पामा मावली हजुरआमासँग बस्दै आएका थिए। मगरलाई चैत १ गते दिउँसो रोल्पाको सदरमुकाम लिवाङ बजारको मेलामा स्थानीयले देखेको बताएका छन्। त्यसपछि उनी सम्पर्कविहीन थिए।

उनको शव सोमबार माडीचौरबाट हाङबाङ जाने गोरेटो बाटोको दुई सय मिटरमुनि घोप्टो परेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

मगरको मृत्यु भिरबाट लडेर भएको हुन सक्ने प्रहरीको आशंका छ। मृतक मगरकी श्रीमती भारतमा मजदुरीका लागि गएको खुलेको छ।

Shivam cement

प्रकाशित: Mar 18, 2025| 12:46 मंगलबार, चैत ५, २०८१
प्रतिक्रिया दिनुहोस्