काठमाडौं- नेपाल प्रहरीले झण्डै २५ करोड नेपाली रुपैयाँबराबरको अमेरिकी डलर र युरो बरामद गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले डलर र युरो गरी झण्डै २५ करोड नेपाली रुपैयाँबराबरको डलरसहित एक जनालाई पक्राउ गरेको हो।
सोमबार राति टोखा क्षेत्रबाट गाडीसहित उक्त रकम बरामद गरिएको हो।