बुधबार, साउन १३, २०८३

प्रदेशकै पहिलो आईटी मेला ‘क्यान इन्फोटेक’ सुरु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
वीरगंज- सूचना प्रविधिको क्षेत्रमा विकास भएका नयाँ प्रविधिबारे सर्वसाधारणलाई जानकारी गराउन तथा प्रदेश नं। २ लाई आईटिको हब बनाउने उद्देश्यले ‘सुविसु क्यान इन्फोटेक-२०१९’ मेला सुरु भएको छ।

कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ, पर्सा ९क्यान महासङ्घ, पर्सा०को आयोजनामा वीरगंजको टाउन हल ९नगर सभा गृह० मा सुरु भएको प्रदेश नं। २ कै पहिलो संस्करणको क्यान इन्फोटेक मेलामा विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि सम्बन्धित कम्पनीको सहभागिता रहने मेलामा ५० भन्दा बढि स्टल रहेका छन्। 

मेलाको एक  उद्घाटन गर्दै वीरगंज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीले विकासमा आईटी  सबै भन्दा महत्वपूर्ण माध्यम भएकोले महानगरले यसको प्रवद्धनमा सहयोग गर्ने बताए।

'वीरगंज महानगरपालिकालाई आईटि हब बनाउने योजनालाई हामि पूर्ण रुपले सहयोग गर्नेछौं, यसकालागि आयोजक संस्था संग आवश्यक समन्य गर्ने तिर हामी छिटै लाग्छौं। क्यान महासंघ पर्साका अध्यक्ष आलोककुमार चौरसियाले सूचना प्रविधि क्षेत्रको विकासमा तिनै तहको ध्यान जानुपर्नेमा जोड दिए।

प्रदर्शनीमा हार्डवेयर सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन्स, मोबाइल एसेसोरिज, डिलर र डिस्ट्रिब्युटर्स, इन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेसन्स्, आइसिटी कलेज तथा ट्रेनिङ इन्स्टिच्युट्स, सफ्टवेयर सोलुसन्स्, पेमेन्ट सोलुसन्स् र अन्य रहेका छन्। 

मेलामा व्यवसायीले व्यापारिक सम्भावना विस्तारित गर्ने मात्र नभई विभिन्न नयाँ तथा नौलो प्रविधिको प्रदर्शनी गर्ने पनि मौका पाउनुका साथै एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नयाँ(नयाँ प्रविधि, उपकरणको अवलोकन तथा खरिदसमेत गर्न पाउने छन्।

इन्फोटेकमा अवलोकन शुल्कवापत सर्वसाधारणलाई ५० र विद्यार्थीलाई ३० रूपैयाँ तोकिएको छ। क्यान मेला नयाँ प्रविधि र उपकरणको वस्तुस्थिति झल्काउने मञ्च भएकाले यसबाट अवलोकनकर्ताले मोबाइल कम्युनिकेसन र कम्प्युटर हार्डवेर सफ्टवेयरको नयाँ भर्सनका उपकरण देख्न पाउने क्यान महासङ्घका पर्सा अध्यक्ष चौरसियाले जानकारी दिए। मेला पुष ३० गतेसम्म चल्नेछ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।