मंगलबार, पुस ८, २०८२

च्याउ खाएर बिरामी भएका एक जनाको मृत्यु

 |  मंगलबार, चैत ५, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ५, २०८१

दमौली- जिल्लाको व्यास नगरपालिका–६ शान्तिटोलमा च्याउ खाँदा बिरामी परेका एक जनाको मृत्यु भएको छ।

National life

म्याग्दे गाउँपालिका–६ सर्वलाङका ३० वर्षीय नारायण मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

गत शुक्रबार राति च्याउ खाँदा बिरामी परेका १० जनामध्ये पोखरामा उपचारका क्रममा नारायणको सोमबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए।

उनका अनुसार बिरामी परेका नौ जनाको अवस्था खतरामुक्त छ। बारीमा उम्रिएको च्याउ खाँदा शुक्रबार १० जना बिरामी परेका थिए।

प्रकाशित: Mar 18, 2025| 07:42 मंगलबार, चैत ५, २०८१
प्रतिक्रिया दिनुहोस्