मंगलबार, पुस ८, २०८२

बागलुङका सात सडकमा कालोपत्रे थालियो

 |  सोमबार, चैत ४, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, चैत ४, २०८१

बागलुङ- चालु आर्थिक वर्षमा बागलुङका सातवटा सडकमा कालोपत्र सुरु गरिएको छ। गण्डकी प्रदेश सरकारअन्तर्गत पूर्वधार विकास कार्यालयमार्फत छिमेकी जिल्ला र अन्तरपालिका जोड्ने सडकमा कालोपत्र थालिएको हो।

National life

यसवर्ष मालढुंगा-पाक्जा, बुर्तिबाङ-तमानखोला, मजुवा-नेपाने, जैमिनी रिङरोड, कुश्मिशेरा-बरेङ पहिलो खण्ड, गल्कोट- हरिचौर-हिल-म्याग्दी र कुश्मिशेरा-बरेङ दोस्रो खण्ड कालोपत्र गर्न थालिएको पूर्वधार विकास कार्यालय बागलुङका सूचना अधिकारी दीपेस रिगलले जानकारी दिए। यी सडकमध्ये अधिकांश बहुवर्षे योजनाअन्तर्गत रहेको उनको भनाइ छ।

उनका अनुसार बुर्तिबाङ-तमानखोला सडकको १० किलोमिटर कालोपत्र गर्नका लागि एसी कन्स्ट्रक्सनले १२ करोड ७४ लाख रूपैयाँमा सम्झौता गरिसकेको छ। आगामी विसं २०८३ मा सक्ने गरी गत साउनमा सम्झौता भएको रिगलले जानकारी दिए। अहिले उक्त सडकको विभिन्न ठाउँमा सडक फराकिलो बनाउने, नाली निर्माणलगायतका काम भइरहेको उनको भनाइ छ।

कुश्मिशेरा-बरेङ सडकअन्तर्गत पहिलो खण्डमा यसवर्ष १० किलोमिटर सडक कालोपत्र हुन थालेको छ। एमएस/क्याराभान कन्स्ट्रक्सन जेभीले २४ करोड ५८ लाख ५७ हजार ८ सय १७ रूपैयाँमा जिम्मा पाएको थियो। विसं २०८१ चैत ३० गते सक्ने गरी विसं २०७६ असोज २८ गते सम्झौता गरे पनि हालसम्म ५७ प्रतिशत मात्रै काम भएको छ। निर्माण कम्पनीले तीव्र गतिमा काम गरे म्याद थप गर्न सकिने सूचना अधिकारी रिगल बताउँछन्।

त्यस्तै गल्कोट-हरिचौर-हिल हुँदै म्याग्दी जोड्ने सडक पनि यसवर्ष कालोपत्र हुँदैछ। कालोपत्र गर्नका लागि २८ करोड १५ लाख सात हजार लागतमा एमएस एपेक्स/खड्का कृष्ण जेभीले जिम्मा पाएको रिगलले जानकारी दिए। विसं २०७६ कात्तिक २७ गते सम्झौता भएको उक्त सडक यही चैत २९ गते सकिनुपर्ने छ। 

Laxmi sunrise bank
kumari

कुश्मिशेरा-बरेङ सडकको दोस्रो खण्डअन्तर्गत यसवर्ष १० किलोमिटर कालोपत्र गरिँदै छ। एम/एनएस/आरबी जेभीले ११ करोड ४९ लाख रूपैयाँमा जिम्मा पाएको छ। गत असार १२ गते सम्झौता भएको उक्त सडक विसं २०८३ असारमा सक्ने गरी काम भइरहेको रिगलले जानकारी दिए।

गलकोटस्थित मजुवा-नेपाने सडक कालोपत्र गर्नका लागि पनि सम्झौता भइसकेको उनको भनाइ छ। यस वर्ष १२ सय मिटर सडक कालोपत्रका लागि दुई करोड १३ लाख रूपैयाँमा सम्झौता भएको रिगलले जानकारी दिए। गत जेठ १८ गते सम्झौता भएको उक्त सडक आगामी असार मसान्तमा सकिने गरी काम भइरहेको उनी बताउँछन्।

जैमिनी रिङरोड पनि यस वर्ष कालोपत्र हुँदैछ। करिब एक किलोमिटर कालोपत्र गर्नका लागि केबीसी/एसी जेभीले तीन करोड २० लाख रूपैयाँमा सम्झौता गरेको भन्दै आगामी असार मसान्तमा सकिने उनले बताए।

बागलुङ नगरपालिकाअन्तर्गत मालढुंगा-पाक्जा सडकअन्तर्गत यसवर्ष करिब एक किलोमिटर सडक कालोपत्र हुँदैछ। जसका लागि ४० लाख रूपैयाँमा ओम मल्टी विल्डर्सले जिम्मा लिएको भन्दै असार मसान्तसम्म सक्ने गरी काम गरिरहेको रिगलले जानकारी दिए। रासस

प्रकाशित: Mar 17, 2025| 17:01 सोमबार, चैत ४, २०८१
प्रतिक्रिया दिनुहोस्