बिहीबार, साउन २१, २०८३

गाईलाई जिउँदै बगाउनेलाई कारवाहीको माग

 |  सोमबार, चैत ४, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, चैत ४, २०८१

काठमाडौं- मृत आत्माले शान्ति पाउने मान्यताका साथ जिउँदो गाईलाई कुटीकुटी नदीमा बगाएको घटनाबारे प्रतिनिधि सभामा कुरा उठेको छ।

सोमबार नेपाली कांग्रेसकी सांसद सीताकुमारी रानाले जिउँदो गाई खोलामा बगाउनेलाई कडा कारबाहीको माग गरेकी हुन्।

उनले भनिन्, ‘गाईलाई खोलामा बगाएर मारेपछि मृत आत्माले शान्ति पाउँछ भन्ने मान्यता सम्बन्धी निकृष्ट कार्य रोक्न माग गर्दछु।'

बाजुराको जगन्नाथ गाउँपालिकामा ‘गौदान गरेको दृश्य’ भनेर सामाजिक सञ्जालमा एउटा भिडियो पोस्ट गरिएको थियो। भिडियोमा एउटा कालो रङको गाईलाई कुटीकुटी नदीमा लखेटिएको देखिन्छ।

जगनाथ गाउँपालिका-६ काप्रेमा यस्तो घटना भएको हो। भिडियोमा देखिएका व्यक्तिहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Mar 17, 2025| 12:02 सोमबार, चैत ४, २०८१
प्रतिक्रिया दिनुहोस्