बिहीबार, चैत ५, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • कांग्रेस सांसदले पर्यटक ल्याउन यौन व्यवसाय चलाउनुपर्छ भनेपछि...

कांग्रेस सांसदले पर्यटक ल्याउन यौन व्यवसाय चलाउनुपर्छ भनेपछि...

 |  सोमबार, चैत ४, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, चैत ४, २०८१

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद दीपक सिंहले नेपालमा यौन व्यवसाय सरकारले नै चलाउने दिन लागेको हो भन्दै प्रश्न गरेका छन्।

National life

सोमबार प्रतिनिधि सभा बैठकमा उनले अघिल्लो दिन (आइतबार) नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले राखेको प्रस्तावप्रति आपत्ति जनाउँदै यस्तो बताएका हुन्।

सिंहले भने, 'देशको आर्थिक विकासका लागि पर्यटक भित्र्याउन, त्यो पनि ज्यादा खर्च गर्ने पर्यटक ल्याउनका लागि यौन पर्मिट लाइसेन्स ल्याउनुपर्छ भन्नुभएको छ एउटा जिम्मेवार सरकारको माननीयज्यूले। यो व्यवसाय, वेश्यालय, कोठी चलाउने, सरकारले नै चलाउन दिन लागेको त होइन ?'

उनले नेपाल देवभूमि भएको पनि बताए। सिंहले भने, 'यो देश देवभूमि हो, माता सीता र भृकुटीको हो। यो देवी पूजनको भूमि हो। यो देश बुद्ध जन्मेको भूमि हो। यही दिनका लागि गणतन्त्र ल्याएको हो? यही दिनका लागि राजा फ्याँकेको हो ?'

‘हिजो सत्तापक्षका माननीयज्यूले यौन व्यवसायलाई कानुन बनाएर मान्यता दिएर पर्यटकलाई आकर्षक गरेर अर्थोपार्जन गरौं भन्ने कुरा यस सम्मानित सदनमा उठाउनु आपत्तिजनक छ’, माओवादी केन्द्रकी सांसद दुर्गा राईले भनिन्, ‘यस्तो चिन्तनको घोर विरोध गर्दछु।’

Laxmi sunrise bank
kumari

सांसद राईले कांग्रेस प्रमुख सचेतक घिमिरेको धारणा रेकर्डबाट हटाउन माग गरिन्। उनले सांसद घिमिरेलाई चेतावनी दिँदै भनिन्, ‘यौन व्यवसाय गर्न आफ्नो परिवारबाट अगाडि बढाउन आँट गर्न सक्नुहुन्छ ?’ 

आइतबार प्रतिनिधि सभा बैठकमा कांग्रेस सांसद घिमिरेले पर्यटक भित्र्याउन नेपालमा यौन व्यवसाय खुला गर्नुपर्ने बताएका थिए। ‘यौन व्यवसायलाई खुला गरौं। यसबाट धेरै विदेशी पर्यटक आउँछन्। धार्मिक पर्यटकभन्दा यौन पर्यटनबाट देशलाई फाइदा छ,’ घिमिरेले भनेका थिए।

प्रकाशित: Mar 17, 2025| 11:59 सोमबार, चैत ४, २०८१
प्रतिक्रिया दिनुहोस्