मंगलबार, पुस ८, २०८२

सुन पसल लुटिएपछि सुरक्षा माग्दै व्यापारीले गरे बजार बन्द

 |  सोमबार, चैत ४, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, चैत ४, २०८१

महोत्तरीमा सुनचाँदी पसल लुटिएपछि व्यापारी आन्दोलित बनेका छन्। बलवा नगरपालिका-३ पडौल बजारस्थित सुनचाँदी पसल (शिवशान्ति ज्वेलर्स) मा लुटपाट भएको हो।

National life

जीप चढेर आएका लुटेराको समूहले २० तोला सुन, १ लाख ५० हजार नगद, लकर र क्यामराको हार्डडिस्क समेत लगेको पसल सञ्चालक अरुणकुमार साहले बताएका छन्।

शनिबार राति पसल लुट्न जीप चढेर ५ जना लुटेरा आएका थिए। उनीहरू बर्दिबासतर्फ भागेको अन्य पसलको सीसीटीभी क्यामेरामा कैद भएको छ।

प्रहरी प्रशासनले सुरक्षा दिन नसकेको भन्दै व्यापारीले बजार बन्द गरेका छन्। सडकमा टायर बालेर उनीहरू प्रदर्शनमा उत्रिएका हुन्।

प्रकाशित: Mar 17, 2025| 11:54 सोमबार, चैत ४, २०८१
प्रतिक्रिया दिनुहोस्