मंगलबार, पुस ८, २०८२

फूल बिक्री गरेरै मासिक दुई लाख आम्दानी

 |  सोमबार, चैत ४, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, चैत ४, २०८१

बन्दीपुर- यहाँको आँबुखैरेनी गाउँपालिका–३ की २५ वर्षीया सरिश्मा गुरुङले विसं २०७७ मा रु तीन हजार पाँच सय लगानी गरेर फूलको व्यापार सुरु गरिन्।

National life

फूलको व्यापार विस्तार गर्दै गुरुङले उनले सभा–सेमिनार, पास्नी, विवाहलगायतका उत्सवको सजावट गर्दै आइरहेकी छन्। हाल मासिक रु दुई लाख आम्दानी लिने गरेको गुरुङले बताइन्।

गुरुङका अनुसार राम्रो कार्यक्रम भएमा सिजनमा महिनामै रु २० लाखसम्मको कारोबार हुन्छ। अन्य समयमा मासिक रु आठ–नौ लाखसम्म कारोबार हुने गरेको छ। खर्च कटाएर मासिक करिब रु दुई लाख बचत हुने उनले बताइन्।

“पोखरा र काठमाडौँमा काम भइरहेको छ। ग्राहकलाई थप सहजता दिन काठमाडौँमा नयाँ शाखा खोल्ने तयारी गरेका छौँ”, गुरुङले भनिन्। अब फूल व्यवसायलाई अझ व्यवस्थित बनाउन नर्सरी स्थापना गर्ने तयारी गरेको उनले जानकारी दिइन्। “व्यवसाय विस्तारका लागि जग्गा खोजी भइरहेको छ, फूल तथा बिरुवा उत्पादन र बिक्री अझ प्रभावकारी बनाउनेछौँ”, उनले भनिन्।

प्रकाशित: Mar 17, 2025| 07:49 सोमबार, चैत ४, २०८१
प्रतिक्रिया दिनुहोस्