मंगलबार, पुस ८, २०८२

प्रचण्डले छाडिदिनु भनेपछि छुटे तस्बिर जलाउने बम

 |  आइतबार, चैत ३, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, चैत ३, २०८१

पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको तस्बिर जलाएपछि पक्राउ परेका राप्रपाका नेता निराजन बम रिहा भएका छन्।

National life

चितवनबाट आइतबार पक्राउ परेका बमलाई आजै जिल्ला प्रहरी कार्यालय मकवानपुर ल्याइएको थियो। उनलाई आज साँझ प्रहरीले रिहा गरेको हो।

अध्यक्ष प्रचण्डले फोटो जलाउँदैमा कसैलाई गिरफ्तार गर्नु उचित नहुने बताएका थिए। लोकतन्त्रमा विरोधका विभिन्न स्वरूप हुने उनको भनाइ छ।

बम पक्राउ परेपछि प्रचण्डले सामाजिक सञ्जालमार्फत यस्तो प्रतिक्रिया दिएका हुन्। ‘लोकतन्त्रमा विरोधका विभिन्न रुप हुन्छन्। फोटो जलाउँदैमा गिरफ्तार गर्नु उचित हुँदैन,’ उनले लेखेका छन्।

शनिबार मकवानपुरको हेटौंडामा भएको एक कार्यक्रममा बमले प्रचण्डको तस्बिर जलाएका थिए। आज उनी पक्राउ परेका हुन्।

Laxmi sunrise bank
kumari

राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन मकवानपुरको अधिवेशनको उद्घाटन कार्यक्रममा शनिबार हेटौंडामा संघीय सांसद दीपकबहादुर सिंहको उपस्थिति रहेको कार्यक्रममा बमले पूर्वप्रधानमन्त्री दाहालको फोटो जलाएका थिए।

प्रकाशित: Mar 16, 2025| 20:13 आइतबार, चैत ३, २०८१
प्रतिक्रिया दिनुहोस्