बुधबार, असार ३, २०८३

ललितपुरमा पनि लागु भयो निषेधाज्ञा

 |  आइतबार, चैत ३, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, चैत ३, २०८१

ललितपुर जिल्लाका केही महत्वपूर्ण क्षेत्रमा आगामी दुई महिनासम्म पाँच जनाभन्दा बढी व्यक्ति भेला भएर विरोधका कार्यक्रम गर्न नपाइने भएको छ।

National life

जिल्ला प्रशासन कार्यालय ललितपुरले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ (क) बमोजिम आदेश जारी गर्दै पुल्चोकस्थित यूएन हाउस, पुरानो मन्त्री निवास क्षेत्र र भैंसेपाटीस्थित नयाँ मन्त्री निवास क्षेत्र वरपर निषेधाज्ञा लागु गरिएको जनाएको छ।

प्रमुख जिल्ला अधिकारी रमेश ढकालद्वारा जारी आदेशअनुसार तोकिएको क्षेत्रमा अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा गर्न रोक लगाइएको छ।

प्रशासनले भीडभाडका कारण तोडफोड, आगजनी, हुलदंगा वा सार्वजनिक सेवामा अवरोध पुग्न सक्ने भन्दै यस्तो निर्णय लिएको बताएको छ।

प्रशासनले संविधानअनुसार नागरिकलाई शान्तिपूर्ण विरोध गर्ने अधिकार रहे पनि सरकारी तथा निजी सम्पत्तिमा क्षति भएमा सम्बन्धित पक्षबाट क्षतिपूर्ति असुल गरिने चेतावनीसमेत दिएको छ।

Shivam cement

हालैमात्र काठमाडौं जिल्ला प्रशासनले पनि दुई महिनाका लागि विभिन्न स्थानमा निषेधाज्ञा जारी गरेको छ।
 

प्रकाशित: Mar 16, 2025| 18:54 आइतबार, चैत ३, २०८१
प्रतिक्रिया दिनुहोस्