बुधबार, असार ३, २०८३

आफ्नो फोटो जलाउने पक्राउ परेपछि प्रचण्डले जनाए असन्तुष्टि

 |  आइतबार, चैत ३, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, चैत ३, २०८१

काठमाडौं- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फोटो जलाउँदैमा कसैलाई गिरफ्तार गर्नु उचित नहुने बताएका छन्। लोकतन्त्रमा विरोधका विभिन्न स्वरूप हुने उनको भनाइ छ।

National life

राप्रपा युवा संघका महासचिव नीराजन बम पक्राउ परेपछि प्रचण्डले सामाजिक सञ्जालमार्फत यस्तो प्रतिक्रिया दिएका हुन्। ‘लोकतन्त्रमा विरोधका विभिन्न रुप हुन्छन्। फोटो जलाउँदैमा गिरफ्तार गर्नु उचित हुँदैन,’ उनले लेखेका छन्।

शनिबार मकवानपुरको हेटौंडामा भएको एक कार्यक्रममा बमले प्रचण्डको तस्बिर जलाएका थिए। आज उनी पक्राउ परेका छन्।

बमविरुद्ध कसले उजुरी गर्‍यो भन्ने प्रहरीले खुलाएको छैन। पूर्वप्रधानमन्त्रीको फोटो जलाउने कार्य गलत र आपराधिक क्रियाकलाप भएकाले पक्राउ गरिएको चितवन प्रहरीको भनाइ छ।

राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन मकवानपुरको अधिवेशनको उद्घाटन कार्यक्रममा शनिबार हेटौंडामा संघीय सांसद दीपकबहादुर सिंहको उपस्थिति रहेको कार्यक्रममा बमले पूर्वप्रधानमन्त्री दाहालको फोटो जलाएका थिए।

Shivam cement

बमलाई पक्राउ गरिएको विरोधमा राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले विज्ञप्ति जारी गरेको छ। संगठनका सयोजक सुजित केसीले विज्ञप्ति जारी गर्दै बमलाई पक्राउ गरेर सरकारले नागरिकको वैयक्तिक स्वतन्त्रतालाई अवरोध गरेको आरोप लगाएका छन्।

प्रकाशित: Mar 16, 2025| 17:48 आइतबार, चैत ३, २०८१
प्रतिक्रिया दिनुहोस्