काठमाडौं – विवेकशील साझा पार्टी फुटेको छ। पछिल्लो समय विवादमा रहेको विवेकशील साझा पार्टीका संयोजक उज्ज्वल थापासहित १६ जना केन्द्रीय सदस्य छुट्टै पार्टी दर्ताको लागि निर्वाचन आयोग पुगेका छन्। उनीहरु फरक दल दर्ताको लागि निर्वाचन आयोग पुगेसँगै विवेकशील साझा फुटेको पुस्टि भएको छ।
विकेवशील साझाका ३८ केन्द्रीय सदस्य मध्ये १६ जनाले संयोजन समितिको बैठक बहिस्कार गर्दै आएका थिए। पछिल्लो समय पार्टीका विवाद बाहिर आएपछि विवेकशील साझाले पौष ३० गतेका लागि केन्द्रीय कमिटिको बैठक बोलाएको थियो।
केही दिनअघि संयोजक थापाले पार्टी रणनीतिको समीक्षाका लागि १८ पानाको प्रतिवेदन बुझाएका थिए।
रवीन्द्र मिश्र संयोजक रहेको साझा पार्टी र थापा संयोजक रहेको विवेकशील नेपाली दलबीच २०७४ साउन ११ गते एकता भएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४