आइतबार, चैत ३, २०८१

सवारी दुर्घटनामा ६ जनाको मृत्यु

 |  आइतबार, चैत ३, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, चैत ३, २०८१

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा कम्तीमा ६ जनाको मृत्यु भएको छ।

health

प्रहरीका अनुसार काठमाडौं, टोखा नगरपालिका-१ फूलबारी गेटस्थित सडकमा बा.प्र.०२-०३९ प ९८२८ नम्बरको मोटरसाइकल र बा.प्र.०२-०५३ प ६३७८ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शनिबार दिउँसो दुर्घटना हुँदा बा.प्र.०२-०५३ प ६३७८ नम्बरको मोटरसाइकल चालक सोही नगरपालिका-३ भुतखेल बस्ने नुवाकोट घर भएका १८ वर्षीय रिवाज आचार्यको मृत्यु भएको छ। 

दुर्घटनामा गम्भीर घाइते भएका उनको ग्राण्डी अस्पताल धापासीमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका बा.प्र.०२-०३९ प ९८२८ नम्बरको मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ।

रूपन्देही, बुटवल उपमहानगरपालिका-११ कालिकानगरस्थित सडकमा योगिकुटीबाट चौराहातर्फ जाँदै गरेको ग.१७ प ८७७२ नम्बरको मोटरसाइकल शनिबार दिउँसो दुर्घटना हुँदा चालक स्याङजा घर भएका २७ वर्षीय मिलन गुरूङको मृत्यु भएको  छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको बुटवल अस्पताल प्रालिमा उपचारको क्रममा मृत्यु भएको हो।

सर्लाही, बलरा नगरपालिका-८ बालुवाभारस्थित सडकमा बीआर ३० एई २४९० नम्बरको स्कारपियो गाडीको ठक्करबाट भारत सितामाढी थाना बरगनिया नन्दबारा ग्रामपञ्चायत घर भएका रामेश्वर साहको छोरा ५ वर्षीय पियुष कुमार साहको शनिबार बेलुकी मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल मलंगवा सर्लाहीमा उपचारको क्रममा मृत्यु भएको हो। साथै ठक्करबाट घाइते भएका अन्य ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। हाल फरार गाडी चालकको प्रहरीले खोजी गरिरहेको छ।  

मोरङ, बुढीगंगा गाउँपालिका-३ स्थित सडकमा गंगा चोकबाट नेमुवातर्फ आउँदै गरेको को.१ च ४७७४ नम्बरको एम्बुलेन्स अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा चालक सोही गाउँपालिका-२ बस्ने उदयपुर घर भएका २४ वर्षीय आशिष राईको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको बिराट टिचिङ अस्पताल गंगा चोकमा उपचारको क्रममा मृत्यु भएको हो ।

दाङ, तुलसीपुर उपमहानगरपालिका-९ गौरीशंकर टोलस्थित सडकमा गौरीशंकर टोलबाट अटो भिलेज टोलतर्फ जाँदै गरेको रा.१ त ३२३९ नम्बरको ट्याक्टरको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने सल्यान छत्रेश्वरी गाउँपालिका-२ घर भएका दुर्गा प्रसाद वलीकी छोरी ९ वर्षीया दिपसिखा वलीको शनिबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ। हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ।

कैलाली, गोदावरी नगरपालिका-३ मालाखेती चोकस्थित सडकमा अत्तरियाबाट महेन्द्रनगरतर्फ जाँदै गरेको बा.१७ च ९६४५ नम्बरको स्कारपियो अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा चालक कञ्चनपुर कृष्णपुर नगरपालिका-४ बस्ने ३५ वर्षीय सुदिप रानाको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा थप उपचारको क्रममा मृत्यु भएको हो।

सबै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित: Mar 16, 2025| 13:22 आइतबार, चैत ३, २०८१
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्