मंगलबार, पुस ८, २०८२

कालीगण्डकी नदीमा दुई मजदुर मृत फेला

 |  आइतबार, चैत ३, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, चैत ३, २०८१

बेपत्ता भएका दुई जना सडक मजदुरको शव कालीगण्डकी नदीमा भेटिएको छ। कालीगण्डकी करिडोर अन्तर्गत राम्दी-रानीमहल सडक खण्डको अस्थायी क्याम्पमा बसेर डोजर अपरेटरको काम गर्ने मजदुर मृत फेला परेका हुन्।

National life

सिन्धुली जिल्लाको गोलाचौर गाउँपालिका–६ बस्ने २६ वर्षीय भोजराज अस्लामी मगरको शव बेपत्ता भएको पाँच दिनपछि कालीगण्डकी नदी किनारमा भेटिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार फागुन २६ गते बेलुकी खाना खाएर साथीहरुसँग क्याम्पमा सुतेका उनी २७ गते बिहान ओछ्यानमा भेटिएका थिएनन्। मोबाइल त्यहीँ रहेको र सिसीटिभी फुटेजमा राति २ बजे क्याम्पबाट बाहिर निस्किएको देखिएको थियो।

खोजतलास गर्ने क्रममा उनी बगनासकाली गाउँपालिका–६ यम्घा माइचौरमा कालीगण्डकी नदीमा मृत फेला परेका हुन्।

यसैगरी सोही सडक खण्डमा मजदुर काम गर्ने दाङ जिल्ला तुल्सीपुर उपमहानगरपालिका–३ घर भएका ४५ वर्षीय तेजबहादुर रास्कोटीको पनि तीन दिनपछि शव भेटिएको प्रहरीले जनाएको छ। फागुन २९ गते कालीगण्डकी नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका उनको शव २ सय मिटर टाढा पानीमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

Laxmi sunrise bank
kumari

 

प्रकाशित: Mar 16, 2025| 11:56 आइतबार, चैत ३, २०८१
प्रतिक्रिया दिनुहोस्