बिहीबार, साउन २१, २०८३

होली खेल्दा जनकपुरमा झगडा, एक युवकको मृत्यु

 |  आइतबार, चैत ३, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, चैत ३, २०८१

जनकपुरधाम उपमहानगरपालिका–२३ विन्धि चोकमा होली खेल्ने क्रममा शनिबार साँझ भएको विवादमा छुरी प्रहारबाट घाइते भएका युवकको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार मृतक १९ वर्षीय आँसु यादव रहेका छन्। छुरी प्रहार गरेको आरोपमा जनकपुरधाम–२३ का २१ वर्षीय धर्मेन्द्र महतोलाई पक्राउ गरिएको छ।

धनुषा प्रहरीले दिएको प्रारम्भिक जानकारीअनुसार होली खेल्ने क्रममा रमाइलो गरिरहँदा विवाद उत्पन्न भएको थियो। सोही क्रममा धर्मेन्द्रले छुरी प्रहार गर्दा गम्भीर घाइते भएका आँसुलाई अस्पताल लगिएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको हो।

धनुषासहित मधेशका अधिकांश जिल्लामा शुक्रबार होली मनाइएको भए पनि जनकपुरमा भने शनिबार मनाइएको थियो।

 

प्रकाशित: Mar 16, 2025| 11:43 आइतबार, चैत ३, २०८१
प्रतिक्रिया दिनुहोस्