मंगलबार, पुस ८, २०८२

इजरायलको हवाई आक्रमणमा तीन पत्रकारसहित नौजना मारिए

 |  आइतबार, चैत ३, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, चैत ३, २०८१

इजरायलको आक्रमणबाट गाजामा ९ जना मारिएका छन्। गाजामा युद्धविरामको विषयमा इजिप्टको राजधानी कायरोमा वार्ता हुँदै गर्दा इजरायलले शनिबार राति गाजाको उत्तरी शहर बेइत लाहियामा हवाई आक्रमण गरेको हो।

National life

आक्रमणबाट ९ जना प्यालेस्टिनी नागरिकको मृत्य भएको हमासको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। मारिनेमा तीनजना स्थानीय पत्रकार रहेका छन्।

इजरायलले गरेको हवाई आक्रमण एउटा कारमा परेको थियो। त्यसले कारभित्र रहेका र बाहिर रहेकाहरूको ज्यान लिएको रोयटर्सले लेखेको छ।

कारमा सवार रहेकाहरू एउटा च्यारिटी कार्यक्रममा जाँदै थिए। सोही कारमा केही रिपोर्टर र फोटो पत्रकार पनि सवार थिए। कारमा रहेका सबैको मृत्यु भएको छ।

प्रकाशित: Mar 16, 2025| 11:09 आइतबार, चैत ३, २०८१
प्रतिक्रिया दिनुहोस्