मंगलबार, चैत २४, २०८२

खप्तड गोल्ड कप : गोर्खा ब्वाइजमाथी संकटा विजयी 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
धनगढी- तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रित सुदुरपश्चिम खप्तड गोल्ड कपमा संकटा क्लब विजयी भएको छ । धनगढी रंगशालामा बिहिबार भएको खेलमा गोर्खा ब्वाइजमाथी २-० ले विजयी भएको हो ।

संकटाको जितका लागी कप्तान रभी सिलवाल र म्याक्सवेलले एक एक गोल गरे । सुरुवाती समय देखिनै आक्रमक खेल प्रस्तुत गरेको संकटाले पहिलो हाफको इन्जुरी समयमा अग्रता लिएको थियो । 

पहिलो हाफको इन्जुरी समयमा संकटाका कप्तान रभीले पेनाल्टी क्षेत्र भित्रबाट जय गुरुङले दिएको पासमा उत्कृष्ट गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाए । खेलको ९ औं मिनेटमा संकटाका सुभाष गुरुङ्ले प्रहार गरेको बल पोस्ट भन्दा केहि परबाट बाहिरिएको थियो । 

त्यस्तै १८ औं मिनेटमा गोर्खा ब्वाइजका शिव श्रेष्ठले ३५ याडबाट गरेको उत्कृष्ट प्रहार गोलरक्षक राजबाबु थापाले बचाउ गरे । ३८ औं मिनेटमा गोर्खाका गौतम श्रेष्ठको पासमा काजिमले गरेको हेडर बलले सहि दिशा लिन सकेन । 

त्यसपछि पहिलो हाफमा १-० ले अग्रता बनाएको संकटाले दोस्रो हाफमा थप एक गोल गर्यो । दोस्रो हाफमा संकटाका लागि म्याक्सवेलले खेलको ८३ औं मिनेटमा गोल गर्दै संकटाको अग्रता दोब्बर पारे । 

दोस्रो हाफमा निकै नै आक्रमक देखीएको गोर्खाले संकटाको पोस्टमा लगातार प्रहार गरि रह्यो । तरपनि गोल गर्न भने सकेन । खेलको ५८ औं र ६० औं मिनेटमा गोर्खाका खेलाडीले फितलो प्रहार गरे । 

त्यस्तै ६७ औं मिनेटमा संकटाका म्याक्सवेलले गोर्खाका गोलरक्षक सोजित गुरुङ अगाडी बढेको अवस्थामा बललाई सहि दिशा दिन सकेनन । ७८ औं मिनेटमा शिव श्रेष्ठलेको प्रहार संकटका  गोलरक्षक राजाबाबु थापाले बचाउ गरे । 

थापा खेलको म्यान अफ दी म्याच बने । संकटाले बअ आफ्नो दोस्रो खेल माघ १ गते डफिन्स टिम फ्याम्ली क्याम्रुनसँग खेल्ने छ । प्रतियोगितामा शनिबार एपिएफर मेची नेत्रालयबीच प्रतिस्पर्धा हुने छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।