मंगलबार, पुस ८, २०८२

तीव्र गतिको एम्बुलेन्स डिभाइडरमा ठोक्कियो, चालकको मृत्यु

 |  आइतबार, चैत ३, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, चैत ३, २०८१

मोरङको बुढीगंगा गाउँपालिकास्थित कोशी राजमार्गमा भएको एम्बुलेन्स दुर्घटनामा चालकको मृत्यु भएको छ।

National life

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका अनुसार शनिबार राति करिब ११ बजे मनमाया श्रेष्ठ स्मृति प्रतिष्ठानको एम्बुलेन्स सडक डिभाइडरमा ठोक्किएर दुर्घटना हुँदा २४ वर्षीय चालक आशिष राईको मृत्यु भएको हो।

तीव्र गतिमा रहेको एम्बुलेन्स अनियन्त्रित भएर डिभाइडरमा ठोक्किएको हुन सक्ने अनुमान छ। को १ च ४७७४ नम्बरको एम्बुलेन्स दुर्घटना भएलगत्तै नेमुवास्थित इलाका प्रहरी कार्यालयको टोलीले चालक राईलाई विराट शिक्षण अस्पताल लगेको थियो। तर उनलाई डाक्टरले बचाउन सकेनन्।

उदयपुरको पञ्चावतीका राई पछिल्लो समय बुढीगंगामा बसोबास गर्दै आएका थिए। 
 

प्रकाशित: Mar 16, 2025| 09:38 आइतबार, चैत ३, २०८१
प्रतिक्रिया दिनुहोस्