मंगलबार, पुस ८, २०८२

स्यूचाटारमा आगलागी, १५ लाखको क्षति

 |  आइतबार, चैत ३, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, चैत ३, २०८१

काठमाडौं- शनिबार राति काठमाडौंको नागार्जुन नगरपालिका–७, स्युचाटारस्थित हसनटार सिमानानजिक रहेको मानिस सुत्ने टिनको टहरोमा आगलागी भएको छ।

National life

कृष्णहरि श्रेष्ठको परिवार बस्दै आएको टहरो आगलागीबाट पूर्णरूपमा क्षति भएको छ। यद्यपि मानविय क्षति भने नभएको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी एसपी अपिल बोहराले जानकारी दिए। उनका अनुसार राति ९ बजेर ४० मिनेट जाँदा भएको आगलागीबाट एक घण्टापछि नियन्त्रणमा आएको थियो।

प्रहरीका अनुसार आगलागीबाट काठका फर्निचर, दराज, सोफा, पलङ, कपडा, सिरक, डस्ना, गलैंचा तथा भाडाकुँडासहित घरायसी सामानमा क्षति पुगेको छ। टहरोको जस्ता र फलामसमेत आगोले नष्ट भएको छ। प्रारम्भिक अनुमान अनुसार आगलागीबाट करिब १५ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जानकारी दिएको छ।

आगो नेपाल प्रहरी र सास्थानियसहितको सक्रियतामा दमकल तथ ट्यांकरको प्रयोग गरिएको थियो। अहिलेसम्म आगलागीको कारण खुलेको छैन भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Mar 16, 2025| 09:31 आइतबार, चैत ३, २०८१
प्रतिक्रिया दिनुहोस्