काठमाडौं- पाकिस्तान र वेस्टइन्डिजबीच जारी टेस्ट श्रृंखलाको पहिलो खेलमा पाकिस्तानले वेस्ट इन्डिजसँग एक विकेटको हार बेहोरेको छ।
किंग्सटन रंगशालामा टस हारेर सुरुआति ब्याटिङ गरेको पाकिस्तानले पहिलो पारीमा २१७ रन बनाएर औषत सुरुआत गरेको थियो।
पहिलो इनिङमै वेस्ट इन्डिजले २५३ रन बनाएपछि पाकिस्तान ३६ रनले पछि परेको थियो। दोस्रो इनिङमा उस्तै प्रदर्शन गरेको पाकिस्तानले २०३ रन बनाएपछि वेस्ट इन्डिजले १६८ रनको लक्ष्य पाएको थियो।
टेस्टमा १६८ रनको समान्य लक्ष्य पाएको वेस्ट इन्डिजले पास्तिानका बलरसामू नौ विकेट गुमाएर मात्र लक्ष्य पुरा गर्यो।
यो जितसँगै वेस्ट इन्डिले टेस्टमा १–० को अग्रता बनाएको छ। वेस्ट इन्डिजको पहिलो इनिङमा ओपनल क्रेग ब्रेथवेट सतक हान्नबाट एक रनले चुकेका थिए। उनले दोस्रो पारीमा भने दुई रन मात्र जोड्न सके।
त्यस्तै एकै इनिङमा वेस्ट इन्डिजका जयदन सिल्सले पाँच विकेट गिराएका थिए। उनदे दुई पारीमा गरि आठ विकेट लिए। यता पाकिस्तानका कप्तान बाबज अजामले दुई पारीमा ३० र ५५ रन बनाए।