मंगलबार, असार २३, २०८३

वेस्ट इन्डिजले पाकिस्तानलाई एक विकेटले हरायो

पाकिस्तान र वेस्टइन्डिजबीच जारी टेस्ट श्रृंखलाको पहिलो खेलमा पाकिस्तानले वेस्ट इन्डिजसँग एक विकेटको हार बेहोरेको छ।
 |  सोमबार, साउन ३२, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, साउन ३२, २०७८

काठमाडौं- पाकिस्तान र वेस्टइन्डिजबीच जारी टेस्ट श्रृंखलाको पहिलो खेलमा पाकिस्तानले वेस्ट इन्डिजसँग एक विकेटको हार बेहोरेको छ।

किंग्सटन रंगशालामा टस हारेर सुरुआति ब्याटिङ गरेको पाकिस्तानले पहिलो पारीमा २१७ रन बनाएर औषत सुरुआत गरेको थियो।

पहिलो इनिङमै वेस्ट इन्डिजले २५३ रन बनाएपछि पाकिस्तान ३६ रनले पछि परेको थियो। दोस्रो इनिङमा उस्तै प्रदर्शन गरेको पाकिस्तानले २०३ रन बनाएपछि वेस्ट इन्डिजले १६८ रनको लक्ष्य पाएको थियो।

टेस्टमा १६८ रनको समान्य लक्ष्य पाएको वेस्ट इन्डिजले पास्तिानका बलरसामू नौ विकेट गुमाएर मात्र लक्ष्य पुरा गर्‍यो।

यो जितसँगै वेस्ट इन्डिले टेस्टमा १–० को अग्रता बनाएको छ। वेस्ट इन्डिजको पहिलो इनिङमा ओपनल क्रेग ब्रेथवेट सतक हान्नबाट एक रनले चुकेका थिए। उनले दोस्रो पारीमा भने दुई रन मात्र जोड्न सके।

त्यस्तै एकै इनिङमा वेस्ट इन्डिजका जयदन सिल्सले पाँच विकेट गिराएका थिए। उनदे दुई पारीमा गरि आठ विकेट लिए। यता पाकिस्तानका कप्तान बाबज अजामले दुई पारीमा ३० र ५५ रन बनाए।

प्रकाशित: Aug 16, 2021| 10:23 सोमबार, साउन ३२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।