मंगलबार, पुस ८, २०८२

मर्स्याङ्दी जलविद्युत् केन्द्रको उत्पादन घट्यो

 |  आइतबार, चैत ३, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, चैत ३, २०८१

बन्दीपुर- आँबुखैरेनी गाउँपालिका–४ स्थित ६९ मेगावाट क्षमताको मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट क्षमताभन्दा आधामात्र विद्युत् उत्पादन हुन थालेको छ। नदीमा पानीको बहाव कम हुँदा क्षमताभन्दा आधा विद्युत् उत्पादन भएको हो।

National life

केन्द्रबाट हाल औसतमा ३४ मेगावाट विद्युत् उत्पादन भइरहेको मस्र्याङ्दी जलविद्युत् केन्द्रका सहायक प्रबन्धक मेकानिकल इन्जिनियर शेरमहमद हुसेनले बताए। उनले भने, “हिउँ पग्लिएको छैन। मस्र्याङ्दीमा पानीको बहाव कम छ। पुसबाट विद्युत् उत्पादन घट्न थालेको छ। हिउँ पग्लिन थालेपछि बहाव बढ्दै जान्छ।”

उक्त परियोजनामा २३–२३ मेगावाटका तीनवटा टर्बाइन रहेका छन्। केन्द्रका अनुसार साँझ र बिहानको ‘पिकआवर’मा भने पूर्ण क्षमतामा ६९ मेगावाट नै विद्युत् उत्पादन हुने गरेको छ। “साँझ र बिहान बिजुलीको माग धेरै हुने भएकाले नदीको पानी दिउँसो रिजर्भ ट्याङ्कमा जम्मा गरेर छोड्ने गरिएको छ”, सहायक प्रबन्धक हुसेनले बताए।

मर्स्याङ्दी आयोजना सन् १९८९ मा निर्माण सम्पन्न भएको हो। सो केन्द्रबाट उत्पादित विद्युत् चितवनको भरतपुर र काठमाडौँको स्युचाटार स्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडी वितरण हुँदै आएको छ।

प्रकाशित: Mar 16, 2025| 07:41 आइतबार, चैत ३, २०८१
प्रतिक्रिया दिनुहोस्