शनिबार, चैत २, २०८१

ट्याक्सी चालकको हत्या गरी लुटेर भाग्ने १५ वर्षपछि पक्राउ

 |  शनिबार, चैत २, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, चैत २, २०८१

काठमाडौं-  कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी काभ्रे बेथानचोक गाउँपालिका-६ सिउँरानी घर भएका ३६ वर्षीय बाबु लामालाई  बुधबार प्रहरीले पक्राउ गरेको छ। 

health

जिल्ला अदालत भक्तपुरको २०७५ भदौ ३ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले झापा मेची नगरपालिका-६ काँकडभिट्टा एरियाबाट पक्राउ गरेको हो।  

भक्तपुर मध्यपुर थिमी नगरपालिका-१६ स्थित नरेफाँटमा २०६६ मंसिर २६ गते राति बा.१ ज ९१४ नम्बरका ट्याक्सी चालक काभ्रे रोसी गाउँपालिका-४ लेम्बाबेसी घर भएका २५ वर्षीय मेघ बहादुर तामाङको हत्या गरी नगद र मोबाइल समेत लुटपाट गरेको घटनामा संलग्न लामालाई जिल्ला अदालत भक्तपुरबाट उक्त सजाय ठहर भएको थियो। 

उनलाई आवश्यक कारबाहीको लागि जिल्ला अदालत भक्तपुर पठाइएको छ।   

प्रकाशित: Mar 15, 2025| 17:57 शनिबार, चैत २, २०८१
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्