मंगलबार, पुस ८, २०८२

बाल सुधार गृहमा रातिदेखि आपसमा कुटाकुट, एकजना फरार

 |  शनिबार, चैत २, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, चैत २, २०८१

बाँकेको डुडुवा गाउँपालिका-६ असमानपुरमा रहेको जयन्दु बाल सुधार गृहमा बाल बन्दीहरूबीच कुटाकुट भएको छ। घटनामा करिब २१ जना बालबन्दी घाइते भएका प्रहरीले जनाएको छ।

National life

उनीहरूबीच शुक्रबार रातिदेखि नै विवाद सुरु भएको थियो। सुधार गृहमा उत्पन्न तनाव शनिबार दिउँसोमात्र नियन्त्रणमा आएको छ।

बालबन्दीहरूले सुरक्षाका लागि खटिएका प्रहरीमाथि समेत इँटा प्रहार गरेका छन्। इँटा प्रहारबाट ३ जना प्रहरी घाइते भएका छन्। घाइते भएका बालबन्दी र प्रहरीको स्थानीय भेरी अस्पताल र सञ्जीवनी अस्पतालमा उपचार भइरहेको छ।

स्थिति नियन्त्रणमा लिन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो। कुटाकुटका क्रममा सुधार गृहका २ जना बालबन्दी फरार भएको बताइएको छ। उक्त सुधार गृहमा २५५ जना बालबन्दी र १२ जना प्रहरी बस्दै आएका थिए। 

बाल सुधार गृहमा आगजनी हुँदा भवनको दोस्रो तलामा क्षति पुगेको छ। आगो दमकलको प्रयोग गरेर नियन्त्रणमा लिइएको छ।

Laxmi sunrise bank
kumari

उक्त बाल सुधार गृहमा हरेक वर्ष झडपका घटना हुँदै आएका छन्। गत वर्ष भएको झडपमा एक जनाको मृत्यु भएको थियो। 

‘बालबिज्याइँ’ मुद्दामा अदालतबाट सजाय पाएकाहरूलाई १८ वर्ष उमेर पूरा भएपछि पनि बाल सुधार गृहमै राख्ने गरिएको छ। यसका कारण पटक–पटक झडपका घटना दोहोरिने गरेका छन्।  
 

प्रकाशित: Mar 15, 2025| 16:18 शनिबार, चैत २, २०८१
प्रतिक्रिया दिनुहोस्