मंगलबार, पुस ८, २०८२

सांसद उपस्थित कार्यक्रममा जलाइयो तस्बिर

 |  शनिबार, चैत २, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, चैत २, २०८१

राष्ट्रिय प्रजातन्त्र पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको एक कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तस्बिर जलाइएको छ।

National life

हेटौंडा उपमहानगरपालिकामा भएको जिल्ला अधिवेशनमा संगठनका सदस्य सचिव निराजन बम पलाँताले प्रचण्डको तस्बिर जलाएका हुन्।


जिल्ला अधिवेशनका क्रममा पलाँताले प्रचण्डको अभिव्यक्तिले देशलाई हिंसामा धकेल्न खोजेको र पूर्वराजालाई अनावश्यक रुपमा आरोप-प्रत्यारोप लगाएर वातावरण प्रदूषित पारेको भन्दै तस्बिर जलाएका हुन्।

कार्यक्रममा राप्रपाका प्रतिनि धिसभा सदस्य दीपकबहादुर सिंह पनि सहभागी थिए। उनी प्रतिनिधि सभाको पूर्वाधार विकास समितिका सभापतिसमेत हुन्।
 

प्रकाशित: Mar 15, 2025| 16:14 शनिबार, चैत २, २०८१
प्रतिक्रिया दिनुहोस्