शनिबार, चैत २, २०८१

नदीमा नुहाउन गएका दुई किशोरको डुबेर मृत्यु

 |  शनिबार, चैत २, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, चैत २, २०८१

नदीमा नुहाउन गएका दुई किशोरको डुबेर मृत्यु भएको छ।

health

शुक्रबार दिउँसो कैलालीको धनगढी नगरपालिका-१९ फूलबारी गाउँस्थित मोहना नदीमा नुहाउने क्रममा दुई किशोरको मृत्यु भएको हो।

मृत्यु हुनेमा स्थानीय १६ वर्षीय दिनेश ओझा र १५ वर्षीय आशिष ओझा छन्। कैलाली प्रहरीका अनुसार शुक्रबार दिउँसो तीन बजे नुहाउन भनेर आशिष र दिनेश चार जना साथीहरूसँगै गएका थिए।

१६ वर्षीय करणसिंह धामी, १५ वर्षीय आदर्श पुजाराले उनीहरू डुबेको खबर गरेपछि प्रहरी र स्थानीयले खोजी गरेका थिए। खोजी गर्दा साँझ ५ बजेर ५ मिनेटमा दिनेश ओझा र ५:२५ बजे आशिषलाई नदीबाट मृत अवस्थामा निकालिएको थियो।

प्रकाशित: Mar 15, 2025| 12:51 शनिबार, चैत २, २०८१
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्