शुक्रबार, चैत १, २०८१

सवारी दुर्घटनामा चारको मृत्यु, तीनजनाको करेन्टले ज्यान गयो

 |  शुक्रबार, चैत १, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १, २०८१

भोजपुर, आमचोक गाउँपालिका-६ थापाचोकस्थित सडकमा पुर्णे बजारबाट बासिखोरातर्फ जाँदै गरेको प्रदेश १-०२-००३ त १३४३ नम्बरको ट्याक्टरबाट खसेर सोही ट्याक्टरले किच्दा ट्याक्टरमा सवार रामप्रसाद राई गाउँपालिका-७ बस्ने २१ वर्षीय नारायण राईको बिहीबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ। ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

health

म्याग्दी, रघुगंगा गाउँपालिका-४ बुकुलास्थित सडकमा डिपि २ ए ७०८३ नम्बरको सिमेन्ट घोल्ने गाडि सडकबाट करिब २ सय मिटर तल खसेर बिहीबार राति दुर्घटना हुँदा चालक बेनी नगरपालिका-२ खबरा बस्ने ४२ वर्षीय हेम बहादुर घिमिरेको घटनास्थलमै मृत्यु भएको छ।

उदयपुर, त्रियुगा नगरपालिका-८ सरस्वती पुलस्थित सडकमा रोकी राखेको प्रदेश २-०१-००१ त २३०१ नम्बरको ट्याक्टरमा बा.६४ प ५१७ नम्बरको मोटरसाइकल ठक्कर खाई बिहीबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका-७ भान्टावारी बस्ने ३४ वर्षीय भुवन राईको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा मृत्यु भएको हो। ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सर्लाही, मलंगवा नगरपालिका-४ स्थित सडकमा गम्हरियाबाट मलंगवातर्फ आउँदै गरेको हाल नम्बर नखुलेको एम्बुलेन्सको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-३ बस्ने ५५ वर्षीय जयप्रकास जयसवालको मृत्यु भएको छ। एम्बुलेन्सले बिहीबार राति ठक्कर दिँदा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा गए राति मृत्यु भएको हो। साथै ठक्करबाट घाइते भएका अन्य १ जना पैदलयात्रीको एएसएण्डपि हस्पिटल जनकपुरमा उपचार भइरहेको छ। हाल फरार एम्बुलेन्स चालकको प्रहरीले खोजी गरिरहेको छ। दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

करेन्ट लागेर मृत्यु
दाङ, घोराही उपमहानगरपालिका-६ घर भई सोही उपमहानगरपालिका-१३ डुम्मरगाउँ डेरा गरी बस्ने ३२ वर्षीय गगन घर्ती मगरको करेन्ट लागेर बिहीबार दिउँसो मृत्यु भएको छ। सोही उपमहानगरपालिका-६ स्थित बबई नदीमा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो।

मकवानपुर, मनहरी गाउँपालिका-६ नयाँबस्ती बस्ने ३१ वर्षीय ईन्द्रलाल मोक्तानको करेन्ट लागेर बिहीबार साँझ मृत्यु भएको छ। आफ्नै घरमा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचारको क्रममा मृत्यु भएको हो।

बर्दिया, मधुवन नगरपालिका-४ ढोढरी बस्ने ५४ वर्षीया असरानी थारूको करेन्ट लागेर बिहीबार राति मृत्यु भएको छ। आफ्नै गोठमा रहेको विद्युतको नाङ्गो तारबाट करेन्ट लागेर गम्भीर घाइते भएकी उनको उपचारको लागि जिल्ला अस्पताल गुलरियातर्फ लैजानै क्रममा बाटोमै मृत्यु भएको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित: Mar 14, 2025| 13:07 शुक्रबार, चैत १, २०८१
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सिजनमै आएनन् सौराहामा पर्यटक

सिजनमै आएनन् सौराहामा पर्यटक

क्षेत्रीय होटल संघ सौराहाका अनुसार विगतका वर्षको तुलनामा सौराहा आउने पर्यटक आधा कम भएका छन्। सहज सडक नहुँदा र नयाँ कार्यक्रम दिन नसक्दा पनि पर्यटक...