शुक्रबार, साउन २२, २०८३

मालटोलमा बस दुर्घटना, ३६ जना घाइते

 |  शुक्रबार, चैत १, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १, २०८१

धनुषाको धनुषाधाममा आज बिहान यात्रुवाहक बस दुर्घटनामा पर्दा ३६ जना घाइते भएका छन्। 

जनकपुरबाट सप्तरीको राजविराजतर्फ जाँदै गरेको ना ५ ख १४४१ नम्बरको बस पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाधाम नगरपालिका ६ मालटोलमा दुर्घटना भएको हो।

प्रहरीका अनुसार बसमा सबार ३६ यात्रु घाइते छन्। केहीलाई गम्भीर चोट लागेको बताइएको छ। उनीहरूमध्ये अधिकांशको उपचार प्रादेशिक अस्पताल जनकपुरमा भइरहेको छ।

 

प्रकाशित: Mar 14, 2025| 12:28 शुक्रबार, चैत १, २०८१
प्रतिक्रिया दिनुहोस्