मंगलबार, पुस ८, २०८२

मालटोलमा बस दुर्घटना, ३६ जना घाइते

 |  शुक्रबार, चैत १, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १, २०८१

धनुषाको धनुषाधाममा आज बिहान यात्रुवाहक बस दुर्घटनामा पर्दा ३६ जना घाइते भएका छन्। 

National life

जनकपुरबाट सप्तरीको राजविराजतर्फ जाँदै गरेको ना ५ ख १४४१ नम्बरको बस पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाधाम नगरपालिका ६ मालटोलमा दुर्घटना भएको हो।

प्रहरीका अनुसार बसमा सबार ३६ यात्रु घाइते छन्। केहीलाई गम्भीर चोट लागेको बताइएको छ। उनीहरूमध्ये अधिकांशको उपचार प्रादेशिक अस्पताल जनकपुरमा भइरहेको छ।

 

प्रकाशित: Mar 14, 2025| 12:28 शुक्रबार, चैत १, २०८१
प्रतिक्रिया दिनुहोस्