मंगलबार, पुस ८, २०८२

पाल्हिनन्दन गाउँपालिका अध्यक्ष गुप्तालाई एक वर्ष कैद

 |  शुक्रबार, चैत १, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १, २०८१

पश्चिम नलवपरासीको पाल्हिनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्तालाई लागु औषध मुद्दामा एक वर्ष कैद र दुई लाख जरिवाना सजाय भएको छ। 

National life

नवलपरासी जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले गुप्तालाई कैदसँगै आठ हजार रुपैयाँ क्षतिपूर्ति शुल्क राहत कोषमा दाखिला गर्न आदेश दिएको हो।  

गाउँपालिकाका प्रहरी रघुनाथ धोबीलाई पनि दुई वर्ष कैद र चार लाख जरिवानाको फैसला भएको छ।

यो मुद्दामा २१ फागुनमा फैसला भए पनि २९ फागुनमा सजाय निर्धारण भएको हो। गुप्ता माओवादीबाट दोस्रोपटक गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन्। यो मुद्दामा पाल्हिनन्दन गाउँपालिका–३ का मन्टु भनिने विवेकप्रसाद पाण्डे अझै फरार छन्। 
 

प्रकाशित: Mar 14, 2025| 10:03 शुक्रबार, चैत १, २०८१
प्रतिक्रिया दिनुहोस्