मंगलबार, पुस ८, २०८२

१७२ यात्रु रहेको विमानमा आगलागी

 |  शुक्रबार, चैत १, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १, २०८१

अमेरिकाको डेन्भरमा बिहीबार अमेरिकन एयरलाइन्सको विमानको इन्जिनमा आगलागी भएको छ। विमान डेन्भर विमानस्थलमा पार्क गरिएको थियो। 

National life

आगोका कारण विमानमा धुवाँ भरिएपछि यात्रुहरू विमानको पखेटामा उभिएका थिए।  अमेरिकन एयरलाइन्सको उडान १००६ मा १७२ यात्रु थिए।

यात्रु र ६ जना चालक दलका सदस्यहरूलाई गेटमै बाहिर निकालिएको थियो। विमान कोलोराडो स्प्रिंग्सबाट डलास-फोर्ट वर्थ उडेको थियो। अमेरिकन एयरलाइन्सको यो विमान बोइङ ७३७-८०० हो।

एयरलाइन्सका प्रवक्ताले दुर्घटनामा कुनै पनि यात्रुलाई क्षति नभएको बताएका छन्। आगो छिटो नियन्त्रणमा लिएकोमा एयरलाइन्सले विमानस्थल प्राधिकरणलाई धन्यवाद दिएको छ।

प्रकाशित: Mar 14, 2025| 09:22 शुक्रबार, चैत १, २०८१
प्रतिक्रिया दिनुहोस्