शनिबार, साउन २३, २०८३

होलीमा उच्छृङ्खल गतिविधि गर्ने ५५ जना समातिए

 |  बिहीबार, फागुन २९, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २९, २०८१

होली मनाउने क्रममा उच्छृङ्खल गतिविधि गरेको आरोपमा प्रहरीले बिहीबार काठमाडौंमा ५५ जनालाई नियन्त्रणमा लिएको छ। 

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार ५२ जना पुरुष र ३ महिलालाई नियन्त्रणमा लिइएको थियो। चेकजाँचका क्रममा काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न ठाउँबाट दुई पाङ्ग्रे २३० र चार पाङ्ग्रे २३ गरी दुई सय ५३ सवारी साधनलाई नियन्त्रणमा लिइएको थियो। यसमा मादक पदार्थ सेवन गरेका ४९ र लागू पदार्थ सेवन गरेका आठ वटा छन्।

पक्राउ परेकाहरूको अवस्था हेरेर मुद्दा चलाउने वा छाड्ने भन्ने टुङ्गो लाग्ने प्रहरीले जनाएको छ। प्रहरीले काठमाडौंबाट मात्रै २१९ सवारी साधन नियन्त्रणमा लिएको छ। यसमा चार पाङ्ग्रे १८ तथा दुई पाङ्ग्रे २०१ छन्। बिहीबार साँझसम्म दुई पाङ्ग्रे ११६ तथा चार पाङ्ग्रे १३ गरी १२९ सवारीसाधन छाडिसकिएको छ।

प्रकाशित: Mar 13, 2025| 19:19 बिहीबार, फागुन २९, २०८१
प्रतिक्रिया दिनुहोस्