मंगलबार, असार ९, २०८३

स्कोर्पियो अनियन्त्रित भएर पल्टियो भक्तपुरमा, आठजना घाइते

 |  बिहीबार, फागुन २९, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २९, २०८१

भक्तपुरको सूर्यविनायक नगरपालिका–७ स्थित सुवर्णेश्वरबाट गुण्डुतर्फ जाने क्रममा एक स्कोर्पियो दुर्घटनामा परेको छ।

National life

ओरालोमा तीव्र गतिका कारण आफैं अनियन्त्रित भएर दुर्घटना हुँदा ८ जना घाइते भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।

उनका अनुसार घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ। सबैको थिमीस्थित मध्यपुर अस्पतालमा उपचार भइरहेको बताइएको छ।

प्रहरीका अनुसार गुण्डुतर्फ जाने क्रममा मोडमा अनियन्त्रित भएर बीएए ०८३४ नम्बरको स्कर्पियो गाडी पल्टिएको थियो। घाइते हुनेहरुमा भक्तपुरको कटुञ्जे बस्ने २९ वर्षीय सविन अछामी, २८ वर्षीय कमल अछामी, सुबोध अछामी, २५ वर्षीय विनोद खत्री, २२ वर्षीय राजेश पोख्रेल, ३५ वर्षीय विवेक बस्नेत, २७ वर्षीया रुपा पन्त र आशिष अछामी छन्।

गाडी अनियन्त्रित भएका बेला विपरित दिशाबाट आइरहेको मोटरसाइकल समेत पल्टिएको सीसीटीभी फुटेजमा देखिन्छ। गाडी नियन्त्रित भएर आएको देखेपछि आफूलाई बचाउन छेउतिर मोटरसाइकल लडाएको देखिएको छ।

Shivam cement

प्रकाशित: Mar 13, 2025| 19:10 बिहीबार, फागुन २९, २०८१
प्रतिक्रिया दिनुहोस्