शनिबार, साउन २३, २०८३

रमाइलो हेर्न आएका युवाबीच झगडा, १७ वर्षे किशोरको हत्या

 |  बिहीबार, फागुन २९, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २९, २०८१

कालीकोटमा बुधबार राति १७ वर्षीय एक किशोरको हत्या भएको छ। खाँडाचक्र नगरपालिका-१० चौकीमा तिलागुफा नगरपालिका-७ छाप्रेका राजेश शाहीको हत्या भएको हो।

एक घरको पूजा भइरहेको ठाउँमा रमाइलो हेर्न आएका युवाबीच झगडा खुकुरी प्रहार हुँदा शाही गम्भीर घाइते भएका थिए।

सो घटनामा संलग्न पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। पक्राउ परेका सबै १८ वर्ष मुनिका छन्।

मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ। जिल्ला प्रहरीका सूचना अधिकारी कृष्ण केसीले घटनामा संलग्नलाई पक्राउ गरेको र घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए।
 

प्रकाशित: Mar 13, 2025| 18:30 बिहीबार, फागुन २९, २०८१
प्रतिक्रिया दिनुहोस्